माया
माया शब्दलाई हेर्दा हेर्दै बदनाम गरिसक्यो,
सकारात्मक भन्दा पनि नकारात्मक भई सक्यो ।।
माया कस्तो अर्थ हिन भैसके छ,
शव्दको अर्थ छियाँ छियाँ पारि,
मायाको अर्थ नकारात्मक सरी,
बदनाम त केवल माया नै भएछ ।।
मान्छेहरु त्यै मायाको पछाडिलागी,
मायालाई नै बदनाम गर्नु,
मायाको बाटो गलत बाटो हो भनि बुझ्नु,
गर्न त केहि नयाँ नै खोज्नु,
तर माया अपवित्र रहेछ भनि बुझ्छन् ।।
माया शव्द यति बदनाम भई सक्यो,
जति माया ढुङ्गाले माटोलाई गर्दैन,
यो बादलले आकाश संग गर्दैन,
यो आकाशले धर्ती संग गर्दैन,
यो धर्तीले यसमा भएका प्राणि संग गर्दैन,
जति माया त्यो बोटले फुल संग गर्दैन,
माया शव्द यति बदनाम भई सक्यो ।।
माया शव्द यति बदनाम भई सक्यो,
बदनामको भारिले अपमान गरिसक्यो,
हेर्दा हेर्दै स्वाभिमान ढलिसक्यो,
केहि भन्न नपाउदै अमुल्य शव्द,
को ईज्जत फालि सक्यो हजुर ईज्जत फालि सक्यो ।।
माया शब्दलाई हेर्दा हेर्दै बदनाम गरिसक्यो,
सकारात्मक भन्दा पनि नकारात्मक भई सक्यो ।।
Yogesh Singh Thakuri
The British College
BSc Computing(Level 6)